मनोनयन दर्ता गर्ने मिति सार्नेबारे आयोगका पदाधिकारीहरु छलफलमा


काठमाडौं, ४ फागुन । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन दर्ता गर्ने समयसीमा थप गर्नेबारे निर्वाचन आयोगका पदाधिकारीहरु छलफलमा जुटेका छन् । आयोगले मनोनयन दर्ताको लागि माघ ६ गतेका लागि समय तोकेको छ ।

प्रमुख राजनीतिक दलहरुले तय भएको मनोनयन दर्ताको समयसीमा थप गर्न आयोगलाई आग्रह गरेका छन् । आयोगका अनुसार कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतले मनोनयन दर्ताको समयावधि थप गर्न आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसभित्रको विवादका कारण पनि मनोनयन दर्ताको समयसीमा थप हुन सक्ने आँकलन गरिएको छ । मनोनयन दर्ताको समयसीमा थप गर्ने कि नगर्ने भन्ने बारेमा अहिले पदाधिकारीहरु छलफलमा जुटेको आयोगले बताएको छ ।