काठमाडौं, ४ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरुसहितको बैठक बोलाएकी छन् । आसन्न निर्वाचन, निर्वाचन आचारसंहितालगायतका समसामयिक विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री कार्कीले बैठक बोलाएकी हुन् ।
आज (आइतबार) प्रधानमन्त्री कार्कीले अपरान्ह ४ बजेका लागि बालुवाटारमा बैठक बोलाएकी हुन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।




प्रतिक्रिया