काठमाडौं, ४ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौं क्षेत्र नम्बर १० मा हितमान शाक्यलाई उम्मेदवार बनाएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शाक्यलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको टिकट प्रदान गर्दै जितको शुभकामना व्यक्त गरे । शाक्य असाध्य परिपक्व संगठन र राजनीतिको नेता रहेको प्रचण्डको बुझाइ छ ।
‘शाक्य असाध्य परिपक्व संगठन र राजनीतिको नेता हो । उहाँले काठमाडौंमा एकचोटी चुनाव जित्नु पनि भएको छ । यो पटक क्षेत्र नम्बर १० मा हितमानजीलाई पक्कै पनि क्षेत्रका जनताले विजयी गराउँछन् भन्ने मलाई विश्वास छ,’– प्रचण्डले भने ।




प्रतिक्रिया