सर्लाही ३ का जनताको घरदैलोमा नारायणकाजी, चुनावी अभियानमा जुटे


काठमाडौं, ५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियान सुरु गरेका छन् । उनी आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–३ बाट निर्वाचन ‍लड्ने तयारी थालेका छन् ।

सोनाम ल्होछारको अवसरमा सर्लाही क्षेत्र नम्बर ३ मा आयोजित विभिन्न कार्यक्रममा पुगेर उनले शुभकामना आदान–प्रदान गरेका छन् ।

गोरखा क्षेत्र नम्बर २ लाई निर्वाचन क्षेत्र बनाउँदै आएका श्रेष्ठले यसपाली भने सर्लाही–३ बाट चुनाव लड्ने तयारी गरेका हुन् । गोरखा २ मा भने नेकपाले यसपटक लेखनाथ न्यौपानलेलाई उम्मेदवार बनाएको छ ।