भरतपुर महानगर प्रमुख दाहालले दिईन् राजीनामा


काठमाडौं, ६ माघ । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले राजीनामा बुझाएकी छन् । आसन्न फागुन २१ गते हुन गइरहेको प्रनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले नगर प्रमुखबाट राजीनामा दिएकी हुन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दाहाललाई चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले मनोनयन दर्ताको समय आज (माघ ६ गते) तोकेको छ ।