विशेष महाधिवेशनको प्रभावः संसदीय राजनीतिबाट रमेश लेखक पनि ‘रिङ आउट’


काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले कञ्चनपुर क्षेत्र नम्बर ३ मा हरि बोहोरालाई प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाएको छ । कञ्चनपुर ३ कांग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले जित्दै आएको क्षेत्र हो । लेखक २०७९ को आम निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार भएर विजयी भएका थिए ।

कांग्रेस सभापति गगनकुमार थापाले जेनजी आनदोलनका तत्कालीन गृहमन्त्री लेखकलाई टिकट नदिएर बोहरालाई उम्म्ोदवार बनाएको हो । कांग्रेस विशेष महाधिवेशनको बेलामा नेता शेरबहादुर देउवाको पक्षमा खुलेका लेखक यसपटक संसदीय राजनीतिबाट रिङ आउट भएका छन् ।