मनोनयन दर्ता गराउँदै दीपशिखाले भनेः ‘मेरो मतदाताको जहाँ समस्या छ, म त्यहाँ उभिने छु’


काठमाडौं, ६ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ता गराएका छन् । भक्तपुर २ नेकपा (एमाले) का सचिव महेश बस्नेतको निर्वाचन लड्दै आएको क्षेत्र हो । गत २०७९ को आम निर्वाचनमा बस्नेत कांग्रेसका उम्मेदवारसँग झिनो मतले पराजित भएका थिए ।

नेकपाका नेता सापकोटाले सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । एमाले सचिव बस्नेतसँग यसपटक उनको चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता दीपशिखाले आफू जनताको उम्मेदवार रहेको बताए ।

‘म जनतासँग सुनिने छु । जहाँ र जतिबेला मलाई जनताले खोज्छन्, त्यहाँ म उपस्थित हुनेछु । दोस्रो कुरा– म उभिने छु । मेरो मतदाताको जहाँ समस्या छ, म त्यहाँ उभिने छु । सबैभन्दा दुःख र सबैभन्दा सुखमा उभिने छु । भुईँमान्छेको रुपमा काम गरिराखेको छु, जनसमुदायको समस्यामा उभिन मलाई अप्ठ्यारो छैन,’– नेता दीपशीखाले भने ।