रास्वपा सभापति लामिछानेसँग सहकारी ठगी मुद्दामा पर्सा अदालतले माग्यो एक करोड धरौटी


काठमाडौं, ६ माघ । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ । आज (मंगलबार) लामिछानेसहित २९ जना प्रतिवादी रहेको सहकारी ठगी तथा संगठित अपराध मुद्दा सुनुवाइको लागि न्यायाधीश रूद्रप्रसाद सुवेदीको इजलासमा पेशी तोकिएको थियो ।

न्यायाधीश सुवेदीको इजलासले लामिछानेसँग एक करोड धरौटी मागेको हो । लामिछानेसहित २९ जनाविरुद्ध वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोग रहेको छ । सो मुद्दामा ११ल करोड ५६ लाख ९४ हजार बिगो मागदाबी रहेको छ ।