काठमाडौं, ६ माघ । रास्वपाका सभापति रवि लामिछानेले आफूमाथि गरेको पाप र अत्याचारको हिसाबकिताब नेपाली जनताले फागुन २१ गते घण्टी बजाएर दिने विश्वास गरेका छन् । पर्सा, काठमाडौं र रुपन्देही अदालतमा आफ्नो मुद्दाको सुनुवाई चलिरहेको अवस्थामा लामिछानेले यस्तो भनाई बाहिर ल्याएका हुन् । उनले देशभर मनोनयन दर्ताको रौनक चलिरहेको अवस्थामा आफू भने यो उत्साहमा मिसिन नसकेको गुनासो पोखेका छन् ।
उनले फेशबुकमा लेखेका छन्–
देश निर्वाचनमय छ । देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ । तर बिडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन । किनकी आजै देशका तीनवटा ९पर्सा, काठमाण्डौ र रूपन्देही० अदालतमा मेरो मुद्दाको सुनुवाई चलिरहेको छ । अरू अदालतको आदेश आउदै होला । पर्सा जिल्ला अदालतबाट म भर्खर निस्किएको छु । चितवन(२ मा मेरा शुभचिन्तक बाटो कुरीरहेका छन्, भ्याएसम्म मनोनयनका लागि आफै उपस्थित हुने प्रयासमा छु। नसकेको खण्डमा वारेस मार्फत मनोनयन दर्ता हुनेछ।
म माथी गरेको पाप र अत्याचारको हिसाव किताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिनेछन् ।देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर म माथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ । नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू । सहकारीको बाटै नहिडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू । मलाई जिउँदो छोडेर तिमीहरुले एउटा गुण लगाएका छौँ। म तिमीहरू सबैको गुण तिर्छु, चाँडै तिर्छु,बिना प्रतिशोध तिर्छु। फेरि पनि भन्छु म अभिमन्यु होइन।




प्रतिक्रिया