काठमाडौं, ७ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका महावीर पुनले आफूलाई सरकारले सहयोग नगरेको गुनासो गरेका छन् । उनले आफूले शिक्षा क्षेत्रमा सुधार ल्याउन ३ वटा अध्यादेश र ४ वटा नियमावली ल्याउन खोज्दा सहयोग नपाएको बताएका छन् ।
‘शिक्षा क्षेत्रमा आम सु्धार ल्याएर देशलाई समृद्ध बनाउन नगरी नहुने र मैले ल्याउन खोजेको ३ वटा अध्यादेश र ४ वटा नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार गरेको भए म यो चुनावमा लड्ने थिइनँ,’– उनले भनेका छन् ।
छुट्टै विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउनका लागि मुख्युसचिवले अल्झाएको र पनि उनले बताए । यी सबै कुराले आफूलाई रिस उठेर राजीनामा दिएर निर्वाचनमा होमिएको उनले प्रष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘एउटा छुट्टै बलियो विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउन मुख्यसचिवले अल्झाए । अनि त रिस उठ्यो र म्याग्दीतिर दगुरेँ ।’




प्रतिक्रिया