काठमाडौं, माघ ७ । काठमाडौं महानगरपालिकाको मेयरबाट बालेन शाहले राजीनामा दिएलगत्तै महानगरले खोला किनारका जग्गामा निर्माण अनुमति नरोकिने सूचना सार्वजनिक गरेको छ । महानगरले बुधबार एक सूचना जारी गर्दै यसअघि रोक्का भएको जग्गा फुकुवा भएको भन्दै निर्माण अनुमति नरोकिने जनाएको हो ।
‘सर्वोच्च अदालतको आदेशको आधारमा २०६५ मंसिर १ को मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्डको अधीनमा रही कार्य गर्न बाधा नपर्ने हुँदा कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माण गर्न अनुमतिमा रोक नलगाइने र निर्माण भइरहेको संरचनामा समेत रोक्का नराखिने जानकारी गराइन्छ,’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।





प्रतिक्रिया