न्युजिल्यान्डमा पहिरोको कारण दुई जनाको मृत्यु, अन्य बेपत्ता


माउन्ट माउङ्गानुई(न्युजिल्यान्ड), ८ माघ । उत्तरी न्युजिल्यान्डमा भारी वर्षा पछि आएको पहिरोले एउटा घर र शिविर बगाउदा कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै अन्य बेपत्ता भएको जनाइएको छ ।

उद्धारकर्ताहरूले न्युजिल्यान्डको उत्तरी टापुमा रातभर परेको भारी वर्षा पछि खसेको पहिरो उत्खनन गरि उद्धार गर्न भारी मेसिनरी प्रयोग गरेको जनाएका छन् । आपतकालीन कामदारहरूले बन्दरगाहको सहर तौरङ्गामा पुरिएको घरबाट दुईवटा शव बरामद गरेको प्रहरीले जनाएको छ ।

यसै गरी ज्वालामुखी माउन्ट माउङ्गानुइबाट पृथ्वीको एक टुक्रा नजिकैको लोकप्रिय शिविरमा खसेपछि धेरै मानिसहरू बेपत्ता भएको जनाइएको छ ।

प्रत्यक्षदर्शी र आपतकालीन अधिकारीहरूले भने, भग्नावशेषमुनिबाट सहयोगका लागि अपिल गर्दै आवाजहरू केही समयका लागि सुनिएको बताएका छन् ।

अझै पनि उक्त स्थानमा पहिरो झरिहेको बताउदै उद्धार अभियान जारी रहेको सहायक प्रहरी आयुक्त टिम एन्डरसनले घटनास्थल बाट पत्रकारहरूलाई बताएका छन् । रासस