काठमाडौं, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह पाँचथरको फिदिम बजारमा पुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन उनी फिदिम बजारमा पुगेका हुन् । बालेन फिदिम बजार पुग्दा रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पाँचथरबाट रास्वपाले महेन्द्र विक्रम थाम्सुहाङलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाएको छ । उनी आज इलामको सदरमुकाम चोकबजारमा आयोजित कार्यक्रममा सहभागी भएर पाँचथरको फिदिम पुगेका हुन् । बालेनले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । बालेनको मुख्य प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अोली रहेका छन् ।







प्रतिक्रिया