काठमाडौं, ८ माघ । सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सहकारी ठगी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्धको रिट नहेर्ने बताउँदै आज उक्त रिट ‘हेर्न नमिल्नेमा’ परेका छ । सुनुवाइका लागि सो रिट न्यायाधीशद्वय ढकाल र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।
यसअघि लामिछानेको सहकारी ठगीसहित सङ्गठित अपराधको मुद्दामा धरौटीमा छाड्न नमिल्ने भन्दै आदेश दिएका न्यायाधीश ढकालले विवादमा परिने भन्दै सो मुद्दा नहेर्ने रिट निवेदकलाई जानकारी गराएका थिए । न्यायाधीश ढकालले सो मुद्दा नहेरेसँग अर्को पेशी माघ ११ गतेका लागि तोकिएको छ ।




प्रतिक्रिया