काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्र ध्येय देशको समुन्नति रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पद बहाली गरेपश्चात उनले माइन्यूटमा देश बदल्ने संकल्पका साथ आफूहरुले नयाँ यात्रा प्रारम्भ गर्न लागेको बताएका हुन् ।
‘बदल्यौं कांग्रेस, बदल्छौं देश । यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति,’– उनले भने माइन्यूटमा लेखेका छन् ।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो । विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन गरेको थियो । विशेष महाधिवेशनबाट सभापतिमा चयन भएपछि पहिलो पटक सानेपा पुगेर उनले पदबहाली गरेका हुन् ।








प्रतिक्रिया