काठमाडौं, माघ १४ । आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको तीन लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ ।
मंगलबार एक तोला सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस हिसाबमा आज सुनको मूल्य तोलामा ९ हजार ५ सयले बढेको हो । आज चाँदीको मूल्य ७ हजार ३०० रुपैयाँ तोकिएको छ । मंगलबार एक तोला चाँदी ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया