डिजेल र मट्टितेलको मूल्य बढ्यो


काठमाडौं, १७ माघ । डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको हो ।

नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने बताइएको छ । पेट्रोल र खाना पकाउने ग्याँसको मूल्यमा भने हेरफेर भएको छैन ।

यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले घटेको बताइएको छ ।