न्युयोर्क, १९ माघ । गएको हप्ता देखि न्युयोर्क सहरमा चिसोका कारण १४ जनाको मृत्यु भएको मेयर जोहरान ममदानीले पुष्टि गरेका छन् ।प्रारम्भिक अनुसन्धानले चिसोका कारण आठ जनाको मृत्यु भएको पुष्टि गरेको स्थानीय मिडियाले जनाएका छन् ।
अमेरिकामा जाडोको ठुलो आँधीका कारण जनवरी –२५ मा उल्लेख्य मात्रामा हिँउ परी सडक तथा फुटपाथ अवरद्ध गरेको जनाइएको छ ।
ममदानीले अहिले सम्म छ करोड ७० लाख पाउन्ड हिउँ पग्लि सकेको पुष्टि गर्दै हिउँ पगाली उक्त स्थान सफा गर्न १८ करोड ८० लाख पाउन्ड नुन प्रयोग गरिएको बताएका छन् ।
घरबार विहीन तथा विस्थापितहरुलार्ई चिसो तापक्रमसँग जुझ्न मद्दत गर्न सुरक्षात्मक उपायहरू अपनाइएको जनाइएको छ । नयाँ आश्रय तथा एकाइहरू घरबार विहीनहरूका लागि खुला हुने र तातो र सुरक्षित आश्रयहरू न्युयोर्क सहरका पाँचवटा स्थानमा मानिसहरूका लागि खुला रहने जनाइएको छ । रासस




प्रतिक्रिया