बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु


काठमाडौं, माघ २१। बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा न-५ को चमखाली खेलमैदानमा सञ्चालन भइरहेको तालिम सकेर फर्किने क्रममा मङ्गलवार राती साढे ८ बजेको समयमा दशरथचन्द नगरपालिका वडा न-४ घर भएका ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको लडेर मृत्यु भएको हो ।

तालिम सकेर फर्किने क्रममा दशरथचन्द नगरपालिका वडा न-४ को खरकटे सल्लेरी भिरमा लडेर मृत्यु भएको हो । भिरबाट लडेका चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए ।