काठमाडौँ, २१ माघ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार, ६०० रुपैयाँ कायम भएको छ ।
मङ्गलबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ३३५ कायम भएको थियो ।




प्रतिक्रिया