नेरुडे मिर्मिरे लघुवित्तमा युनियनको नाममा अवरोध सिर्जना


काठमाडौं, २१ माघ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालयमा करिब २०÷२५ जना कर्मचारीले युनियनको नाममा अवरोध सिर्जना गरेका छन्। तर, करिब १ हजार १ सय हाराहारी कर्मचारीले आफ्नो काम नियमितरूपमा निरन्तरता दिएका छन्।

संस्थाका व्यवस्थापकहरूले जारी गरेको विज्ञप्तिअनुसार अवरोधले हेडअफिससँग सम्बन्धित केही काममा अस्थायी असर गरेको भए पनि अधिकांश सेवाहरू प्रभावित भएको छैन ।

साथै, बन्द भएका शाखा खोल्दै सेवा निरन्तरता सुनिश्चित गर्ने योजना अघि बढाइने उल्लेख गरिएको छ। अवरोध सिर्जना गर्ने कर्मचारीमाथि कानुनी र आन्तरिक कारबाही आवश्यक रहेको, नेपाल राष्ट्र बैंक र नियामक निकायलाई जानकारी गराइसकेको जनाइएको छ।

व्यवस्थापकहरूले सबै कर्मचारीलाई नियमित काममा फर्कन र संवादमार्फत समस्या समाधान गर्न अपिल गर्दै ‘संस्था बचाउने अभियान सबैको साझा जिम्मेवारी हो’ भन्ने सन्देश दिएका छन्।