काठमाडौं, माघ २२ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा आज बिहान न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो।
भट्टराईको शव अहिले केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने जनाइएको छ । स्वर्गीय भट्टराईका २ छोरा २ छोरी छन् ।




प्रतिक्रिया