काठमाडौं, माघ २३ । मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बलबीचको १६औँ डिआइजीस्तरीय समन्वय बैठक चलिरहेका बेला ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ ।
सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रणलगायतको विषयमा छलफल गर्न बोलाइएको बैठकमा क्रममा अचानक अचेत मुटुको ब्यथा बढेर उनी एक्कासी ढलेका थिए । उच्च रक्तचापबाट ग्रसित धिमिरेको उपचारको क्रममा बुढीगंगास्थित विराट मेडिकल कलेजमा निधन भएको जनाइएको छ ।
बेहोस भएर ढल्ने क्रममा एसपी घिमिरेको जिब्रो काटिएको थियो। स्वास्थ्य अवस्था झन् बिग्रिँदै गएपछि उनलाई सघन उपचारका लागि भेन्टिलेटरको सहायता लिइएको थियो। सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनी पकली सुनसरीका डीआईजी कुमार न्यौपानेका अनुसार नम्बर ३ बाहिनी गाढीमाई मुख्यालय मकवानपुरमा सरुवा भएका घिमिरे शनिबार त्यता जाने तयारीमा थिए।
उक्त बैठकमा सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा तथा भारतीय एसएसबीको तर्फबाट डिआइजी सरोजकुमार थाकुर, मन्जिीत सिंह, सुरेश सुब्रमनिम, राजेस टिक्कु र मनिष कुमारको समेत उपस्थिति थियो ।




प्रतिक्रिया