काठमाडौं, माघ २४ । आइसीसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिता आजबाट शुरु हुँदैछ । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुन लागेको पुरुष टी-२० विश्वकपमा नेपालले पनि खेल्दैछ । विश्वकप उद्घाटन खेलमा आज पाकिस्तान र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा हुँदैछ भने अर्को खेलमा वेष्ट इन्डिज् र स्कटल्याण्ड भिड्दैछन् ।
भारतसँगको सम्बन्धमा आएको तनावका कारण बंगलादेशले विश्वकप नखेल्ने भएपछि आइसिसीले स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको थियो । यसैगरी पाकिस्तानले पनि भारतीय भूमि र भारतसँग नखेल्ने बताएको छ । यद्यपी आइसीसीले यो निर्णयमा पुनर्विचार गर्न पाकिस्तानलाई आग्रह गरिरहेको छ ।
विश्वकप क्रिकेटमा नेपालले पनि तेस्रो पटक सहभागिता जनाउँदैछ । यसअघि सन् २०१४ र २०२४ मा विश्वकप क्रिकेट खेलेको नेपालले यो विश्वकपमा पहिलो खेल आइतबार इङ्ल्याण्डसँग खेल्नेछ ।
विश्वकप अघि खेलेका दुई वटा अभ्यास खेलमा युएइ र क्यानडालाई हराउदै शतप्रतिशत नतिजा निकालेको नेपाली टोली उच्च मनोबल सहित इङ्ल्याण्ड विरुद्ध मुम्वइस्थित रंगशालामा आइतबार सवा ३ बजे प्रतिस्पर्धामा उत्रदैँ छ । विश्वकपमा नेपालको दोस्रो खेल इटलीसँग माघ २९ गते खेल्नेछ । यसैगरी फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्याण्डसँग खेल्ने कार्यक्रम रहेको छ ।
प्रतियोगिता अघि आयोजना गरिएको क्याप्टेनसँगको अन्तरक्रियामा नेपालका कप्तान रोहित पौडेलले आफ्नो टीमले राम्रो गरिरहेकोले विश्वकपमा पनि उत्कृष्ट नतिजा निकाल्ने दाबी गरेका छन् ।
आइसिसी टी–२० विश्वकपको दसौँ संस्करणमा २० टिम सहभागी छन् । विश्वका यी २० उत्कृष्ट टिमबिच सर्वश्रेष्ठको चयन गर्न ३० दिन लगाएर ५५ खेल खेलिने छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । एक समूहमा पाँच टिम रहने छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्ने छन् । सुपर–८ मा दुई समूह हुने छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्ने छन् । त्यसपछि फागुन २४ गते विश्वकप ट्रफी उचाल्ने टिमको निर्णय हुने छ ।
तेस्रो पटक विश्वकप खेल्दै नेपाल
करिब चार महिनाअघि ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा च्याम्पियन भएर नेपाल सन् २०२६ मा हुने विश्वकपमा चयन भएको हो । नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक आइसिसी टी–२० विश्वकपमा खेल्ने छ । नेपालले पहिलो पटक सन् २०१४ मा टी–२० विश्वकप खेलेको हो ।
नेपालले विश्वकपमा पहिलो सहभागितामै अनपेक्षित रूपमा तीनमध्ये दुई खेल जितेर विश्वलाई प्रभावित पारेको थियो । त्यसपछि नेपाली क्रिकेट समर्थकको हरेक पटक नेपालले अर्को विश्वकप क्रिकेट खेल्ने अपेक्षा रह्यो तर नेपाललाई अर्को विश्वकप खेल्न दस वर्ष लाग्यो । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको पछिल्लो विश्वकपमा खेल्दा नेपालको चर्चा चुलिएको थियो ।
नेपाली व्रिmकेटले अब पुनः विश्वकपको मञ्चमा आफ्नो क्षमता देखाउने अवसर पाएको छ । चालु विश्वकप छनोटमा गरेको प्रदर्शन र यसअघि दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरुद्ध टी–२० शृङ्खला जितेर इतिहास बनाएकाले पनि पाल हेर्नलायक टिमका रूपमा हेरिएको छ ।
खेल तालिनका अनुसार नेपाल समूह ‘सी’ मा रहेको छ । सो समूहमा दुई पटकको विजेता टिम इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र स्कटल्यान्ड पनि रहेका छन् । इटालीले पहिलो पटक क्रिकेट विश्वकप खेल्न लागेको हो ।




प्रतिक्रिया