कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक


काठमाडौँ, २४ माघ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

बैठक भोलि (आइतबार) बिहान बस्ने गरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

बैठकमा प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका, पार्टीको सार्वजनिक कार्यक्रम व्यवस्थापन र केन्द्रीय अनुशासन समिति गठनबारे छलफल हुने छ ।