कैलाली, २८ माघ । आम जनता पार्टी (आजपा)का नेतृ एवं कैलाली–१ का जेनजी उम्मेदवार रुपाकुमारी चौधरीले समग्र सुदुरपश्चिमको विकासका लागि मोवाइल चुनाव चिन्हबाट उम्मेदवारी दिएका उम्मेदवारलाई २१ फागुनको निर्वाचनमा बिजयी बनाउन आग्रह गरेकी छन् ।
कैलालीको बडहरिया, हसनपुर, भगतपुर सहितका गाउँमा आज चौधरीले चुनावी भेटघाट एवं छलफलमा सहभागि हुँदै कैलाली जिल्ला सहित समग्र सदुरपश्चिमको विकासका लागि आफूले उम्मेदवारी दिएको उनले बताइन् ।
‘कैलाली सहित समग्र सुदुरपश्चिमको विकासका लागि मैले आम जनता पार्टीको मोवाइल चुनाव चिन्हबाट उम्मेदवारी दिएको छु । विकसित र समृद्ध सुदुरपश्चिम बनाउने मेरो एजेण्डा छ,’ कैलाली १ का उम्मेदवार चौधरीले भनिन, ‘अरु नेताहरु कहाँबाट आए कहाँ गए । यहाँको जनताको भोट लिन्छन तर काम गर्दैनन । तर हामीले हाम्रो कैलाली, हाम्रो सदुरपश्चिमको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छौं । आम जनता पार्टीले सुदुरपश्चिमको विकास गर्छ त्यसका लागि हामी सबैले मोवाइल चिन्हमा मतदान गर्नुपर्छ ।’
आजपा उम्मेदवार चौधरीले आफू बिजयी भए र आजपाको सरकार बनेपछि सुदुरपश्चिममै बिजुलीबती, खानेपानी, सिँचाई, शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधा निशुल्क बनाउने एजेण्डा आफ्नो रहेको बताइन । छोराछोरी, बृद्ध बाआमालाई विशेष सुविधा र युवाहरुलाई सुदुरपश्चिममै रोजगारको व्यवस्था गर्ने पहिलो जिम्मेवारी रहेको उनले बताइन् ।
‘हाम्रो पार्टीका अध्यक्ष प्रभु साहको पत्नी रिना साह रौतहटको मौलापुरमा मेयर हुनुहुन्छ । मौलापुरमा कुनै किसिमको सेवाको कर लाग्दैन, सबै फ्रि छ । खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुलीबती, खानेपानी, सिँचाई सबै फ्रि छ । छोरीलाई गुणस्तरीय शिक्षा, विवाहमा ३० हजार नगद सहयोग हुन्छ । मौलापुरमा नगरप्रहरी होइन, त्यहाँ नगर शिक्षक र नगर डाक्टर छ । हामीले यो सबै सेवा सुविधा कैलाली सहित सुदुरपश्चिममा लागु गराउनका लागि मोवाइल छापमा मतदान गर्नुपर्छ,’ चौधरीले भनिन ।
यसैगरी थारुको भेषभुषा, रितिरिवाज, पहिचानको जर्गेना गर्न र त्यसलाई अझै देशविदेशमा चिनाउनका लागि पहिलादेखी नै काम गर्दै आएको र आउने दिनमा समेत काम गर्ने प्रतिबद्धता चौधरीले व्यक्त गरिन् । जोशीपुर पालिकालाई प्रारङगरिक मल उत्पादनको पालिका बनाउदै सबै किसानलाई प्रारङगरिक मल उपलब्ध गराउने एजेण्डा पुरा गर्नका लागि आफूले उम्मेदवारी दिएको उनले जनाएकी छन् ।
कैलाली जिल्लाको समग्र विकाश सहित धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको समृद्धि एवं विकासका लागि संघर्ष गर्दै आएको बताउदै उनले यसक्षेत्रको विकासका लागि निरन्तर अग्रपंक्तिमा रहेका काम गर्ने जनाएकी छन् ।








प्रतिक्रिया