राजकुमार शर्मा पार्टीबाट निश्काषित


काठमाडौं, २८ माघ । पुष्पकमल दाहाल संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीले कर्णाली प्रदेशसभा संसदीय दलका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य राजकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ।

आज (मंगलबार) बसेको केन्द्रीय समितिको बैठकले शर्मालाई साधारण सस्यसमेत नरहनेगरि कारबाहीगरेको हो । नेकपाको कर्णाली प्रदेशसभा दलको कार्यालय वीरेन्द्रनगरले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै उक्त निर्णयको जानकारी गराएको छ। पछिल्लो समय शर्मा प्रलोपामा संरक्षकको भूमिकामा रहेका जनार्दन शर्माको साथमा उभिएका थिए ।

Skip This

Omoda E5 Pro