टी–२० विश्वकप : नेपालले इटालीविरुद्ध ब्याटिङ गर्दै, मल्लको ठाउँमा राजवंशी मैदानमा


काठमाडौं, २९ माघ । मुम्बईमा जारी टी–२० विश्वकपअन्तर्गत नेपालले अहिले केहीबेरमा इटालीसँग खेल्दैछ ।

नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । इटालीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

आज भने नेपालले शेर मल्लको स्थानमा ललित राजवंशीलाई उतारेको छ ।