टी–२० विश्वकपमा इटालीसँग नेपाल १० विकेटले पराजित


काठमाडौं, २९ माघ । भारतको मुम्बईमा जारी टी–२० विश्वकपअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपाल इटालीसँग पराजित भएको छ ।यो नेपालको लगातार दोस्रो हार हो । यसअघि इंग्ल्याण्डसँग हारेको नेपाल आज इटालीसँग १० विकेटले हारेको हो ।

नेपालले इटालीसामू १२४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेकोमा इटालीले १२.४ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य भेट्याएको हो । इटालीको सहज जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले साझेदारी गरेका थिए ।