पूर्वराजा झापाबाट हेलिकप्टरबाट आउने, विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा


काठमाडौं, १ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह अहिले केहीबेरमा काठमाडौं फर्कने भएका छन् । झापामा लामो बसाईपछि उनी आज काठमाडौं फर्कन लागेका हुन् । उनको स्वागतको लागि राजावादीहरुले मोटरसाईकल र्याली निकालिरहेका छन् ।

सरकारले भने विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा बनाएको छ । पूर्वराजा शाह भने हेलिकप्टरबाट काठमाडौं फर्कने तय भएको छ । यसअघि उनी एयरलाईन्समार्फत नै आउने भनिएपनि अन्तिममा हेकिप्टरबाट फर्कने भएका हुन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतले शाहको स्वागतको लागि अपिल गरेपछि स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा लगएको छ । प्रशासनले निषेधाज्ञा लगाएपछि राप्रपाका नेताहरुले सामाजिक सञ्जालबाट असन्तुष्टि पोखिरहेका छन् । file photo