काठमाडौं, ३ फागुन । डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रलोपाले ‘आँखा खोलौं, अग्रगामी विचारसहितको विकल्प खोजौं’ भन्ने नारासहित आज आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।
प्रलोपाले देशमा विद्यमान राजनीतिक अस्थिरता अन्त्यका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई आफ्नो मुख्य राजनीतिक एजेण्डा बनाएको छ । आज (आइतबार) सम्वाद डबलीमा पत्रकार सम्मेलन गरी उक्त प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो ।
पुराना राजनीतिक दलहरूको असफलता र नेतृत्वको भ्रष्टीकरणले देश संकटमा परेको निष्कर्ष पनि उसको छ । घोषणापत्रमा हालको संसदीय व्यवस्थाले केवल सरकार परिवर्तनको खेल मात्र बढाएको भन्दै राजनीतिक स्थायित्वका लागि शासकीय स्वरूप फेर्नु अनिवार्य रहेको उल्लेख गरिएको छ ।




प्रतिक्रिया