काठमाडौं, ४ फागुन । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ । आज (सोमबार) लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालत कास्कीका न्यायाधीश नितिश राईको इजलासले तत्काल मुद्दा फिर्ता नहुने आदेश दिएको हो।
महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयलाई परिपत्र गरेको थियो।




प्रतिक्रिया