योगेश भट्टराईको भिडिओ सन्देश : भदौ २३ गते राज्यको कमजोरी थियो, कांग्रेसपनि त्यसमा भागीदार छ


काठमाडौं, ५ फागुन । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले नवयुवाहरुले अत्यन्तै पवित्र भावनाले जेनजी आन्दोलन भएको स्मरण गराएका छन् । जेनजी आन्दोलनमा राज्यको तर्फबाट भदो २३ गते कमजोरी भएको भन्दै त्यसको भागीदार एमालेले मात्रै नभएर कांग्रेसले पनि लिनुपर्ने बताएका छन् । आज एक भिडिओ सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

फेशबुकमार्फत सार्वजनिक भिडिओ सन्देशमा उनले भने,‘विशेष गरी २३ र २४ जना नवयुवाहरूको निर्ममतापूर्वक हत्या भयो। त्यसमा राज्यको असावधानी र कमजोरी प्रस्ट देखिन्छ र हामीले त्यो कमजोरीलाई स्वीकार्नुपर्छ। त्यसप्रति हामी आत्मालोचित छौँ, हामीले पटक–पटक भनेकै छौँ। २४ गते त्यसको केही आक्रोशहरू थियो, स्वाभाविक हो सडकमा त्यो आक्रोशहरू पोखिन्छ नै। तर त्यतिमात्रै थिएन, २३ गते राज्यको कमजोरी थियो भने २४ गते राज्य विरुद्धको सङ्गठित अपराध पनि थियो, षड्यन्त्रहरू पनि थिए। त्यसकारणले २३ र २४ गतेलाई अलग ढङ्गले विश्लेषण गर्नुपर्छ भनेर मैले पहिल्यैदेखि भन्दै आएको छु।’

उनले उक्त घट्नामा कमजोरीको भागिदार एमालेले एक्लैले लिनुपदर्छ भन्ने आफूलाई नलागेको भन्दै यसमा नेपाली कांग्रेसपनि त्यसमा भागीदार रहेको बताए । उनले भने, ‘आज निर्वाचनको सन्मुखमा हामी छौँ, त्यसकारणले नेकपा एमाले र जेनजी नवयुवाका बीचमा उत्पन्न वैमनस्यता अथवा अन्तर्विरोधहरू लामो समयसम्म यस्ता अन्तर्विरोध रहनु हुँदैन। यसलाई हामीले एकआपसको बीचमा सहमति र छलफलबाट यी अन्तर्विरोधहरूलाई हल गर्दै जानुपर्छ भन्ने उद्देश्यले म यहाँहरूको बीचमा उपस्थित भएको हुँ।’

उनले भदौ २३ गतेपछि उत्पन्न परिस्थितिलार्ए लिएर एकअर्कालाई आरोप्रत्यारोप गरेर समय खेर नफाल्न अपिल गरेका छन् । उनले भने,‘हामी आत्मआलोचना गरिरहेका छौं । यो देश सबैको हो । नवयुवाहरुको अझै बढि तपार्यंहरुलार्ए नै बढि चाहिन्छ । एमाले प्रगतिशील र जनपक्षीय पार्टी हो ।’ file photo