काठमाडौं, ५ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रभावशाली नेता तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले २१ फागुनको निर्वाचनमा नेकपा पहिलो दल बन्ने दाबी गरेका छन् । आज (मंगलबार) पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘आज बिहानको समेत रिर्पोट र हामी यहाँ बस्ने सबैको निष्कर्ष के छ भने हाम्रो पार्टी पहिलो पार्टी बन्छ । नेपालको पहिलो पार्टी अब नेपाली कम्युनिष्ट पार्टी बन्छ भन्ने कुराको रिपोर्ट आईराखेको छ देशभरबाट ।’
उनले निर्वाचनको गरिमामा आँच नआउने गरि समाचार प्रशारण तथा प्रकाशन गर्न पनि आम सञ्चार माध्याम नचुक्ने विश्वास समेत व्यक्त गरे । उनले निर्वाचनमा आचारसंहिता कार्यान्वयनको विषयमा गम्भिर हुन निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराए । हालै सेतोपाटीमा चितवन–३ मा रेनुले हार्ने र सोविता गौतमले जित्ने दाबीसहितको समाचार प्रकाशन भएपछि सापकोटाले निर्वाचन आयोगलाई आचारसंहिता कायानर््वयनको लागि गम्भीर हुन भनेका हुन् । file photo




प्रतिक्रिया