इजरायलद्वारा वेस्ट ब्याङ्कबाट सात जजा प्यालेस्टिनी पक्राउ


जेरुसेलम, ५ फागुन। इजरायली कब्जा बल (आइओएफ) ले मङ्गलबार वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट सात जना प्यालेस्टिनी सर्वसाधारणलाई पक्राउ गरेको जनाइएको छ ।

वफा समाचार एजेन्सीले आइओएफले रामल्ला र अल–बिरह सहरहरूमा आक्रमण गरी पाँच जना प्यालेस्टिनीहरूलाई पक्राउ गरेको रिपोर्ट गरेको छ ।

आइओएफले नाबलुसको दक्षिणमा रहेको बेइता सहरमा एक जना प्यालेस्टिनीलाई पक्राउ गर्नुका साथै त्यस क्षेत्रका धेरै घरहरूमा छापा मारेको डब्लुएएफएले उल्लेख गरेको छ । आइओएफले अल–इसाविया छिमेकमा एक जना प्यालेस्टिनीलाई पक्राउ गरेको तथा शाफत शरणार्थी शिविरमा आक्रमण गरेको जनाइएको छ ।

वेस्ट ब्याङ्क र अल–कुद्सका सहरहरू तथा शरणार्थी शिविरहरूमा आईओएफद्वारा दैनिक छापा मारी आक्रमणहरू गर्ने गरेको देखिन्छ भने द्वन्द्व, गिरफ्तारीले त्यस क्षेत्रका नागरिकहरु पिडित भएको जनाइएको छ । रासस