काठमाडौं जिल्ला अदालत पुगेर रविले बुझे तारिख


काठमाडौं, ५ फागुन । रास्वपाका सभापति रवि लामिछाने चुनावी अभियान छोडेर काठमाडौं आएका छन् । उनी काठमाडौं जिल्ला अदालतमा तारिख बुझ्न आएका हुन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि आज काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।

स्वर्णलक्ष्मीको मुद्दामा लामिछाने ६० लाख धरौटीमा रिहा भएका थिए । यसअघि उनी आज चितवन–१ र चितवन–३ को चुनावी अभियानमा सक्रिय थिए । उनले चितवन १ मा हरि ढकाल र चितवन ३ मा सोविता गौतमलाई जिताउनको लागि अपिल गरेका थिए ।