रास्वपा उपसभापति अर्यालको चुनावी वाचापत्र सार्वजनिक


काठमाडौं, ५ फागुन । रास्वपाका उपसभापति तथा काठमाडौं–९ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डिपी अर्यालले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन् । उनले ‘तपाईंको एक मत, विश्वासको सार, काठमाडौँ क्षेत्र नम्बर ९ को समृद्धिको आधार’ भन्ने नारा तय गरिएको छ । उनले आफ्नो वाचापत्रमा भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकता राख्दै शून्य सहनशीलताको नीति अपनाउने र प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी टोली गठन गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले न्यायोचित भौतिक विकासको कुरा पनि उल्लेख गरेका छन् । भौतिक विकास र पूर्वाधार क्षेत्रमा उनले कलंकी–सतुंगल–नागढुंगा र सीतापाइला–भीमढुंगा क्षेत्रलाई ‘हरित कोरिडो’का रूपमा विकास गर्ने, मेलम्ची खानेपानी वितरण व्यवस्थित गर्ने, ट्राफिक जाम समाधान गर्न ‘नो हर्न’ नीति कडाइका साथ लागू गर्ने, धुलो–धुवाँ नियन्त्रण मार्फत स्वच्छ सहर बनाउने, बाटो, पुल, ढल निकास र फोहोर व्यवस्थापनमा समन्वय गर्ने योजना प्रस्तुत गरेका छन्।

Skip This

Omoda E5 Pro