रुपन्देही–३ मा प्रलोपाले एमाले उम्मेदवार वासुदेव घिमिरेलाई सघाउने


काठमाडौं, ६ फागुन । बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही क्षेत्र नं ३ मा एमालेका उम्मेदवार बासुदेव घिमिरेलाई सघाउने निर्णय गरेको छ ।

प्रलोपाले सो क्षेत्रमा घिमिरेलाई मतदान गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुमा अपिल जारी गरेको छ । पार्टीका क्षेत्रीय इन्चार्ज तथा केन्द्रीय सदस्य रविना भण्डारी र केन्द्रीय सदस्य विमला बिकले संयुक्तरूपमा निर्णय सार्वजनिक गर्दै यस्तो अपिल जारी गरिएको छ ।