काठमाडौं, ६ फागुन । खेम कुमारी भुर्तेलले रास्वपाबाट साधारण सदस्यसमेत नरहनेगरि राजीनामा दिएकी छिन् । उनी रास्वपाको संस्थापक सदस्य थिईन् । २०७९ सालको प्रत्यक्ष महिला ११ जना उम्मेदवारमध्ये मधेश प्रदेशको एक्लो महिला उम्मेदवारसमेत हुन् ।
उनले पार्टी विधि विधान विपरीत चाप्लुसीवाद र आर्थिक बादमा लिप्त भएर गएको, सक्षम महिला तथा युवाहरूलाइ नारामा मात्र सीमित राखेको आरोप लगाएकी छिन् । उनले जिम्मेवारी ग्रहण गर्नुपर्ने ठाउँमा बेवास्ता गरिएको र पार्टीभित्र भ्रष्टाचार बढेको आफूले अनुभव गरेको पनि उल्लेख गरेकी छिन् ।
यस्तो छ उनको विज्ञप्ति
मिति:- २०८२/११/६
केन्द्रीय कार्यालय
राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं, नेपाल।
विषय: साधारण सदस्य समेत नरहने गरि राजिनामा सम्बन्धमा।
श्रदेय,
म रा स्व पा को संस्थापक सदस्य २०७९ सालको प्रत्यक्ष महिला ११ जना उम्मेदवारमध्ये मधेश प्रदेशको एक्लो महिला उम्मेदवार आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्याउँदै आएकी छु।
“राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएकी थिएँ। तर पार्टी विधि विधान विपरीत चाप्लुसीवाद र आर्थिक बादमा लिप्त भएर गएको, सक्षम महिला तथा युवाहरूलाइ नारामा मात्र सीमित राखेको ।
जिम्मेवारी ग्रहण गर्नुपर्ने ठाउँमा बेवास्ता गरिएको, पार्टीभित्र भ्रष्टाचार बढेको र आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरित भएको अनुभव गरेकि छु।
संगठनमा दिनरात खटिएका क्षेमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्य माथी आंच आउने परिस्थिति बनेको छ।
पार्टी सङ्कटमा पर्दा पार्टी बनाउन मैले गरेका योगदानहरू पार्टी पंक्ति र आम नागरिकहरूलाई पनि जानकारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेर म नागरिकहरूसँग जवाफदेहिता हुन नसक्ने कारण यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु।
त्यसकारण आजकै मिती देखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजिनामा पेश गर्दछु।
यस अवधिसम्म पार्टीले दिएको अवसर र चुनौती का लागि हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद।
भवदीय
खेम कुमारी भुर्तेल (उर्मिला)
बागमती प्रदेश काठमाडौँ
बुढालिलकण्ठ ७ ।




प्रतिक्रिया