धनगढीमा पहिलो चुनावी सभामा बालेन शाहको भाषण : भोट नदिए हुन्छ, कामको लिष्ट दिनुहोस्


धनगढी, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहले रास्वपाले देश बनाउने बताएका छन् । आज (बुधबार) धनगढीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले आफू देश बनाउनको लागि आएको बताए । यसअघि जनकपुरमा पहिलो आमसभामा बोलेका बालेनको यो पहिलो चुनावी सभा हो ।

ृउनले आफ्नो सम्बोधन सुरुमै डोटेली भाषामा सम्बोधन गरेका थिए । उनले विकास गर्न, निःशुल्क शिक्षा र स्वास्थ्यको लागि काम गर्ने प्रतिबद्धता जनाए । उनले रास्वपा सरकारमा गयो भने कांग्रेस, एमाले र माओवादी हिँड्ने बाटो बनाउने उद्घोष गरे । उनले भने,‘राष्टिय स्वतन्त्र पार्टी भोट माग आएको हैन । काम माग्न आएको हो । तपाईंहरूले भोट नदिए पनि काम गर्छ । तपाईंहरूले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिममा काम गर्छ । तपाईंहरूले काम दिनू।’