इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा


जेरुसेलम, ६फागुन । इजरायलले बुधवार देखि सुरु भएको रमजानमा पूर्वी जेरुसेलमको अल–अक्सा मस्जिदमा जनाको लागि दश हजार जना प्यालेस्टिनी उपासकलाई साप्ताहिक प्रार्थनामा भाग लिन अनुमति दिने घोषणा गरेको छ ।

इजरायली अधिकारीहरूले मस्जिद परिसरमा प्रवेश गर्न प्रतिबन्ध लगाइ ५५ वर्ष वा सोभन्दा बढी उमेरका पुरुष, ५० वर्ष वा सोभन्दा बढी उमेरका महिला र १२ वर्ष सम्मका बच्चाहरूलाई मात्र प्रवेश गर्न अनुमति दिएको जनाएका छन् ।

“दस हजार प्यालेस्टिनी उपासकहरूलाई रमजानको महिना भरि शुक्रबारको प्रार्थनाका लागि टेम्पल माउन्टमा प्रवेश गर्न अनुमति दिइने तयारी भएको प्यालेस्टिनी नागरिक मामिलाका लागि इजरायली रक्षा मन्त्रालयको एजेन्सी कोगाटले विज्ञप्ति मार्फत जनाएको छ ।

रमजानको समयमा, लाखौं प्यालेस्टिनीहरू परम्परागत रूपमा अल– अस्कामा प्रार्थनामा भाग लिने गर्छन् । अल–अक्सा, इस्लामको तेस्रो पवित्र स्थल, हो जुन पूर्वी जेरुसेलममा अवस्थित छ, जसलाई इजरायलले सन् १९६७ मा कब्जा गरेको थिायो ।

प्यालेस्टिनी जेरुसेलम गवर्नरेटले यस हप्ता इजरायली अधिकारीहरूले इस्लामिक जोर्डनियनलाई रोकेको बताएको छ । हाल अस्थाई संरचनाहरू स्थापना गर्ने र अस्थायी चिकित्सा क्लिनिकहरू स्थापना गर्ने सहित रमजान अघिका नियमित तयारीहरू भई रहेको जनाइएको छ ।

अल–अक्सा मस्जिदका एक वरिष्ठ व्यक्ती इमाम शेख मुहम्मद अल–अब्बासीलाई उदृत गर्दै एएफपीले उनलाई पनि परिसरमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको जनाएको छ । अब्बासीले सोमबार देखि लागु भएको प्रतिबन्धको कारण बारे आफु जानकार नभएको बताएको छ ।

रमजानमा यहूदीहरूले अल– अस्का भ्रमण गर्ने गर्छन भने अक्सा परिसरलाई उनीहरूले पहिलो र दोस्रो यहुदी तीर्थ स्थलको रूपमा सम्मान गर्छन विडम्बना उनीहरूलाई त्यहाँ प्रार्थना गर्ने अनुमति छैन ।

इजरायलले यो स्थितिलाई कायम राख्न प्रतिबद्ध रहेको बताएको छ, यद्यपि प्यालेस्टिनीहरूले यसको बिरोध गर्ने डर रहेको जनाइएको छ ।

पछिल्लो समयमा यहुदी अतिराष्ट्रवादीहरूको बढ्दो सङ्ख्याले प्रार्थना प्रतिबन्धलाई चुनौती दिएको जनाइएको छ । रासस