फागुन ७ जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो छाएको दिन : देउवा


काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गरेका सहिदको प्रेरणालाई भुल्न नहुने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना जारी गर्दै ओजको दिन हाम्रा अग्रजहरुको त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको ऐतिहासिक दिन रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘हाम्रा अग्रजहरुको त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको ऐतिहासिक दिन २००७ फागुन ७ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’