भ्रष्टाचार र विभेदविरुद्ध एकजुट भई सुशासन र समृद्धिको यात्रामा अघि बढौं : रवि लामिछाने


काठमाडौं, ७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले प्रजातन्त्रको मर्मलाई आत्मसात् गर्दै भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भई सुशासन र समृद्धिको यात्रामा अघि बढ्न आग्रह गरेका छन् । आज ७४औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

साथै, उनले हिजोबाट सुरु भएको पवित्र रमजान महिनाको समस्त मुस्लिम समूदायलाई मुवारक भनेका छन् । यो महिनाले शान्ति, सहिष्णुता, सद्भाव र एकताको भावना अझ सुदृढ बनाउन प्रेरित गरोस भनेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भई सुशासन र समृद्धिको यात्रामा अघि बढौं, प्रजातन्त्र दिवसको शुभकामना। साथै, हिजोबाट सुरु भएको पवित्र रमजान महिनाको समस्त मुस्लिम समुदायलाई मुवारक१ यस महिनाले शान्ति, सहिष्णुता, सद्भाव र एकताको भावना अझ सुदृढ बनाउन प्रेरित गरोस्।