ड्युटी सकेर खाना खान घर पुगेका निर्वाचन प्रहरी अचेत, अस्पतालमा मृत्यु


काठमाडौं, फागुन ९ । बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका-४ का ३८ वर्षीय महादेव वडको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता सुरज सिंहले जानकारी दिए।

शुक्रबार दिउँसो ड्युटी सकेर खाना खान घर गएको समयमा घरमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । महादेवको शव परिक्षणका जिल्ला अस्पतालमै रहेको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।