काठमाडौं, फागुन ९ । सर्लाहीको बलरा नगरपालिकाका पूर्वमेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा रहेका नेता सिंह गएराति कांग्रेसका प्रवेश गरेका हुन् । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन् ।
सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ं बाट बलरा नगरपालिकाको मेयर चुनिएका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा लोसपाबाट मेयरमा चुनाव लडेका उनलाई तत्कालिन नेकपा माओवादी केन्द्रका उम्मेदवार रामाशंकर कुशवाहाले हराएका थिए ।
सिंहसँगै बलरा नगरपालिकाका पूर्ववडाध्यक्ष सुशील झालगायत नेतारकार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेको बताइएको छ। यसअघि सर्लाही ४ नम्बर निर्वाचन क्षेत्रबाट लोसपाका नेताहरू संविधान सभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्रलगायत नेता-कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए।




प्रतिक्रिया