सुनसरीमा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच विवाद, प्रहरीले गर्यो लाठीचार्ज


काठमाडौं, ९ फागुन । निर्वाचनको मिति नजिकिएसँगै दलहरुबीच झडप र विवाद पनि बढ्ने क्रम जारी छ । दाङका तुलसीपुरमा रास्वपाका कार्यकर्ताहरुले एमालेको झण्डा जलाएपछि विवाद उत्पन्न भएको थियो । एमालेको झण्डा जलाउनेलाई प्रहरीले कारबाहीसमेत गरकेको छ ।

आज भने सुनसरीको भोक्राहामा नेपाली कांग्रेस र रास्वपाका कार्यकर्ताबीच विवाद भएको हो । सुनसरी–४ का कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभामा जाने कार्यक्रम थियो। सो क्रममा रास्वपा र कांग्रेस कार्यकर्ता भेला हुँदा विवाद उत्पन्न भएको थियो । प्रहरीले भिड नियन्त्रणको लागि लाठी चार्जसमेत गरेको थियो ।