काठमाडौं, ९ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र विभिन्न प्रदेशको वस्तुस्थिति बुझ्ने क्रममा लुम्बिनी पुगेकी छिन् । प्रधानमन्त्री कार्कीले आज भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको पनि दर्शन गरेकी छिन् । लुम्बिनीमा उनले मुलुकमा शान्तिपूर्ण निर्वाचन सफलताको कामना गरेकी छिन् ।
आज बिहान उनले बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा प्रमुखहरु तथा निर्वाचन सम्बद्ध अधिकारीसँग निर्वाचनको तयारीबारे ब्रिफिङ लिएकी थिईन् । त्यसलगत्तै उनी लुम्बिनी पुगेर गौतम बुद्धको जन्मस्थलको दर्शन गरेको उनको सचिवालयले जनाएको छ । त्यस क्रममा उनले अन्य दर्शनार्थी तथा स्थानीयसँग अन्तक्र्रिया पनि गरेकी थिईन् ।
प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति स्थापना गरी निर्वाचनमार्फत निकास दिन सफलता मिलोस् भनेर सर्वसाधारणले फूल दिएर शुभकामना दिएका थिए । तस्बिरः केशव थापा÷प्रधानमन्त्रीको सचिवालय




प्रतिक्रिया