शेखरले विभिन्न पार्टीका नेतालाई कांग्रेसमा भित्र्याए


काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका शीर्ष नेता तथा मोरङ–६ का उमेदवार डा. शेखर कोइरालाले विभिन्न पार्टीका नेताहरूलाई पार्टीमा भित्र्याएका छन् । आज (आइतबार) बिराटनगर(१२ निवासी उर्जाशिल पार्टीका केन्द्रीय सदस्य आकाश कर्ण, नेकपाका नेता भिमबहादुर केसी, धिरज ताजपुरिया, सोहिल शेख, अनुराग बिश्वकर्मा, बब्लु साह, रिहान राजा, राहुल सहनी कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गर्ने अन्य नेताहरुमा अर्जुन कामत, ऋतिक साह, ऋतिक पासवान, विक्की सहनी, गुणेश्वर कामत, सुन्दरहरैंचा नगरपालिका वार्ड नम्बर ४ का एमालेका स्थानीय नेता माधव घिमिरे, सुन्दरहरैंचा नगरपालिका वार्ड नम्बर ६ का राप्रपाका स्थानिय नेता डिबी बिक, राजकुमार बिक, लगायत कांग्रेसमा प्रवेश गरेका हुन । कोइरालाले निर्वाचन क्षेत्रमा सक्रियता आक्रामक रुपमा बढाएका छन् । Photo Source: Dinesh Chandra Thapaliya/Facebook