कांग्रेस नेता महतले सार्वजनिक गरे प्रतिज्ञा


काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नुवाकोट–१ का उम्मेदवार डा. प्रकाशशरण महतले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । महतले सार्वजनिक गरेको प्रतिबद्धतामा कृषि र किसानलाई समृद्ध बनाउने योजना पनि सार्वजनिक गरेका छन् । आधुनिक सिचाईं, मल, बीउ र बजारको पहुँच सुनिश्चित् गर्न पहल गर्ने पनि उनको प्रतिबद्धता छ ।

किसानका स्थानीय उत्पादनको ब्राण्डिङ र जडिबुटीलाई प्रशोधन उद्योगसँग जोड्न पहल गर्ने पनि महतको भनाई छ । स्थानीय उत्पादनहरुको संरक्षण र बजार मूल्यको सुनिश्चित्ता आफ्नो मुख्य ध्येय रहेको पनि महतको बताए । उनले भनेका छन्,‘म जिम्मेवारीमा रहँदा आलु, प्याज, स्याउलगायत स्थानीय उत्पादनको संरक्षणकालागि आयातित वस्तुहरुसँग प्रतिष्पर्धामा हुने क्षति रोक्न भन्सारमै मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको र उत्पादनमा आधारित अनुदानको प्रावधान अगाडि बढाएकोपनि अवगत गराएका छन् ।