निर्वाचनपछि बन्ने सरकारमा हाम्रो पार्टीको भूमिका निकै महत्वपूर्ण हुनेछ : प्रचण्ड


काठमाडौं, १२ फागुन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटकको निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने दाबी गरेका छन् । उनले अब बन्ने सरकारमा नेकपाको भूमिका महत्वपूर्ण हुने दाबी गरे ।

आज (मंगलबार) पार्टी मुख्यालय पेरिसडाँडामा एमालेनिकट मुक्ति समाज दोलाखाका नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउने क्रममा दाहालले यस्तो बताएका हुन् । उनले निर्वाचन आउन केही दिनमात्रै बाँकी रहेको अवस्थाका सबै नेता तथा कार्यकर्ताले अझ धेरै मेहनत गरे नेकपा एक नम्बरको पार्टी हुने दाबी गरे । हिजोमात्र उनले यो नेकपाको एकता एमालेसहितको धुव्रीकरणमा पुग्ने दाबी गरेका थिए ।